एनआईबिएल सहभागिता फण्डमा लगानी गर्नेलाई चाँदीको सिक्का उपहार


एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) ले यस वर्षको धनतेरसको अवसरमा चाँदीको सिक्का उपहार योजना सञ्चालन गरेको छ ।

लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने अवसर ल्याएको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । योजना अन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुमध्ये गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ । उपहारका विजेताको घोषणा क्यापिटलको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरी सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले धनतेरसका दिन कार्तिक १६ गते कारोबारको समय पनि ३ घण्टा थप गरेको क्यापिटलले जनाएको छ । जस अनुसार बिहान १० बजे देखि साँझ ५ बजे सम्म फण्डका इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।

लगानीको लागि शुभ दिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न क्यापिटलले नवप्रवेशी लगानीकर्तालाई आग्रह समेत गरेको छ ।

थप जानकारीका लागि क्यापिटलको वेबसाइट एनआईबिएल क्यापिटल डटकम तथा फेन नम्बर ०१४४२५२८० मा सम्पर्क गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।