अरुण काबेलीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्ट

0
Shares

अरुण काबेली पावर लिमिटेड (AKPL) को शतप्रतिशत हकप्रद शेयर नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड नक्साल, काठमाडौं मार्फत निष्काशन हुने भएको छ ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनी र क्यापिटलबीच हकप्रद शेयरको निष्काशन तथा बिक्रीका लागि हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक सम्बन्धी सझौता भएको हो ।

कम्पनी सञ्चालक समितिको बैठक संख्या ११ः०८ ले चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

उक्त हकप्रद गत भदौ २६ मा सम्पन्न कम्पनीको एघारौं वार्षिक साधारण सभाबाट १७ प्रतिशत बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभाबाट पारित भएको थियो ।

कम्पनीले बोनसपछि कायम कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको १ बराबर १ अनुपातमा १ करोड ८५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

अरुण काबेली पावर लिमिटेड कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्ला बीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि १ जलविद्युत आयोजनाको निर्माण पूरा गरी २०७६ साल कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।