आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच बीमा सेवा सम्बन्धि सम्झौता

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मी का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात पिक मी का चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मी का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्सबाट पिक मी का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राइड शेयरिङ्ग, फुड डेलिभरी, लोजिस्टीक सर्पोट र मार्ट एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहक महानुभावहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।