मेरो माइक्रोफाइनान्सको नाफा तीन गुणा बढ्यो, ३६ रुपैयाँले बढ्यो इपिएस

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९७.७८ प्रतिशतले खुद नाफा बढाएको छ ।

लघुवित्तले असोज मसान्तसम्ममा १२ करोड ८५ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तले ३ करोड २५ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि ३६.३० ले बढेर ५१.४२ रुपैयाँ पुगेको छ ।

लघुवित्तको जगेडा कोषमा ९५ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा जगेडा कोष १४७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ८३ करोड १६ लाख रुपैयाँ सापटी परिचालन गरी १५ अर्ब २७ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २७ करोड १९ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १६ करोड १७ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९४ प्रतिशत, जगेडा कोष १४७.२५ प्रतिशत, सापटी ९१.२० प्रतिशत, निक्षेप ४७.७५ प्रतिशत, कर्जा १०२.५२ प्रतिशत, खुद ब्याज आम्दानी १४०.९४ प्रतिशत, सञ्चालन मुनाफा १४०१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी वृद्धि र ४ करोड बढी खराब कर्जा असुलीबाट लघुवित्तको नाफामा आकर्षक सुधार आएको हो ।

लघुवित्तको खराब कर्जा अनुपात भने बढेर ४.९६ प्रतिशतमा पुग्दा प्रतिशेयर नेटवर्थ १९५.५८ रुपैयाँ, कोषको लागत ६.९० प्रतिशत र मूल्य आम्दानी अनुपात २७.०३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।