प्रि-ओपनिङ्गमा नेप्सेमा सामान्य वृद्धि, ५३ लाखको शेयर कारोबार

0
Shares

मंगलबारको प्रि ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ ।

यस अवधिमा नेप्से १.३६ अंकले बढेर २८३१ बिन्दुमा पुगेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ। अघिल्लो कारोबार दिन सोमबार १९.२० अंकले घटेर नेप्से २८२९.६४ विन्दुमा झरेको थियो । 

कारोबारमा आएका २० मध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ । ९ हजार ३६१ कित्ता शेयर ३२३ वटा कारोबारबाट ५३ लाख ३८ हजार ७४ रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

 

 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।