वोमी लघुवित्त वित्तीय संस्थाको एक लाख २३ हजार २१३ कित्ता शेयर लिलामीमा आउने भएको छ । संस्थाले निष्कासन गरेको शतप्रतिशत हकप्रदमा नबिकेको उक्त परिमाणको शेयर लिलामीमा आउने भएको हो ।
संस्थाको हकप्रद शेयर शुक्रबार (भदौ २० गते) बाँडफाँट भएको हो । कम्पनीले १० लाख १० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेकोमा ८ लाख ८७ हजार ६६७ कित्ताका लागि मात्र आवेदन परेको थियो ।
आवेदन नपरेको बाँकी १ लाख २३ हजार २१३ कित्ता हकप्रद शेयर अब लिलामी मार्फत बिक्री हुनेछ । कम्पनीले साउन ९ गतेदेखि भदौ ११ गतेसम्म हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।
हाल यस कम्पनीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको शेयर लिलामीपछि वोमीको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।
गत आर्थिक बर्षमा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको प्रतिशेयर आम्दनी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ।
प्रतिक्रिया