काठमाडौँ । स्मार्टफोन ब्रान्ड हनरले एआईमा आधारित अनुवाद सुविधा र ५ हजार एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन हनर च्वाइस टी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । हनर च्वाइस टी १० मा एआई प्रविधिमा आधारित एआई समवर्ती व्याख्या सुविधा दिइएको छ । यसले विभिन्न भाषामा हुने कुराकानीलाई वास्तविक समयमै अनुवाद गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । बहुभाषिक कुराकानीमा भाषाको अवरोध कम गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
त्यस्तै, स्मार्टफोनमा इन्टरनेट वा नेटवर्क कनेक्सन आवश्यक नपर्ने यो सुविधामार्फत् नेटवर्क पहुँच सहज नभएका स्थानमा समेत विभिन्न भाषाको अनुवाद गर्न सकिने कम्पनीले जनाएको छ ।
हनर च्वाइस टी १० मा ६।७५ इन्चको डिस्प्ले दिइएको छ । भिडियो हेर्न, इन्टरनेट ब्राउजिङलगायत दैनिक प्रयोगका लागि ठूलो स्क्रिन उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
हनर च्वाइस टी १० नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध छ । ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज भएको मोडलको मूल्य १६ हजार ४९९ रूपैयाँ र ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको मोडलको मूल्य १९ हजार ४९९ रूपैयाँ तोकिएको छ ।
स्मार्टफोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । यसले दैनिक प्रयोगका क्रममा लामो समयसम्म ब्याट्री टिकाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।







