नबिल बैंक र सहजबीच सम्झौता, प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्ने

0
Shares

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।

बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहज बीच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरेको र सोही अनुसार बैक र सहज बीच परियोजना तयार गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

परियोजनाको सम्बन्धमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

त्यस्तै, स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँगको साझेदारीमा स्विस कन्ट्याक्ट नेपालले विश्वास गर्ने बताए।

नबिल बैंकले समृद्ध र समावेसी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विस कन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा रहेका कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन साझेदारी गरेको जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७८, बिहीबार  १० : १८ बजे