नयाँ सारथी लघुवित्तको नाफा ६५ लाख ५० हजार नाफा

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा ६५ लाख ५० हजार नाफा कमाएको छ ।

लघुवित्तले कमाएको यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २.९३ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ६७ लाख ४८ हजार नाफा कमाएको थियो ।

चुक्ता पूँजी २५ करोड ४९ लाख ५४ हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकि १०.२८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९३.२७ रुपैयाँ रहेको छ । कम्पनीको जगेडामा २३ करोड ७७ लाख सञ्चित रहेको छ ।

कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ८६ करोड ९३ लाख ७३ हजार निक्षेप संकलन तथा २ अर्ब ७० करोड ७० लाख सापटी लिएर ३ अर्ब ८८ करोड ४७ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९.४६ प्रतिशत वृद्धि भएर ५ करोड १५ लाख २७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा १ करोड ९ लाख रहेको छ । गत आवको पहिलो त्रैमासमा लघुवित्तको सञ्चालन नाफा २८ करोड २६ लाख ऋणात्मक रहेकोमा थियो ।

लघुवित्तको खराब कर्जा अनुपात ४.६६ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।