सिभिल लघुवित्तको २० प्रतिशत लाभांश अनुमोदन

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL) को दशौं वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष सचिन जङ्ग रायमाझीको अध्यक्षतामा सभा सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको हो ।

साथै सभाले आगामी आर्थिक बर्षका लागि लेखापरिक्षक समेत नियुक्त गरेको छ ।

संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरु मार्फत ५८ हजारभन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ७५ करोड बचत संकलन गरी ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।