अपि पावर कम्पनी (API) को २६ लाख २१ हजार ५९४ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ ।
कम्पनीले गत आवको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस बापतको बोनस शेयर सूचीकृत गरेको हो ।
कम्पनीको गत भदौ २५ गते, शुक्रबार सम्पन्न भएको कम्पनीको १८ औं वार्षिक साधारण सभाबाट उक्त बोनस अनुमोदन भएको थियो ।
सो सभाले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । सोही बोनस सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया