निफ्राले मंसिर २९ गते बोलायो तेस्रो वार्षिक साधारण सभा

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा मंसिर २९ गते बुधबार बिहान ९ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । यसअनुसार बैंकले चुक्ता पूँजी २० अर्बका आधारमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभामा बोनस पश्चात कायम हुनेगरी जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव छ । यसैगरी सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका छ ।

विसं २०७७ माघमा सर्वसाधारणमा ८ करोड कित्ता शेयर जारी गरेको बैंकमा पहिलो पटक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुन लागेको हो । बैंकमा सर्वसाधारण शेयरधनीको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ भने नेपाल सरकारको १०, वाणिज्य बैंकहरुको २०.८९, जीवन तथा निर्जीवन बीमा कम्पनीको १८.९७, सरकारकाी निजी कम्पनीको ५.१५, र उद्यमी तथा व्यवसायिक ब्यक्तिहरुको ४.९९ प्रतिशत स्वामित्व रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते बिहीबारदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्नेछ । जसअनुसार मसिंर ८ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र बैंकले वितरण गर्न घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।