
नेपाली बजारमा सुनको मूल्य बिहीबार सामान्य रुपममा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन तोलाको ९४ हजार ३०० रुपैयाँ, तेजावी सुन ९३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया