नेपाल धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ ।
बैंकलाई नियामक निकाय बोर्डले कार्तिक १७ गते अनुमति दिएको हो । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता क्रणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।
बैंकले अनुमति पाएको १० लाख कित्ता इकाई ऋणपत्रमध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रीमा आउनेछ ।
बैंकले जारी गर्ने सात वर्ष अवधिको गरिमा डिबेञ्चर– २०८५ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।
बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भैसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया