महिला लघुवित्तको नाफा ४४ प्रतिशत बढ्यो, ईपीएस कति ?

0
Shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को खुद नाफा ४४.२१ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ११४.७१ रुपैयाँ छ । गत आवको यसै अवधिमा १३२.५७ रुपैयाँ रहेकोमा आईपीओ जारीपछि पूँजीवृद्धिका कारण लघुवित्तको प्रतिशेयर आम्दानी १७.८६ रुपैयाँले घटेको हो । लघुवित्तको जगेडा कोषमा २२ करोड ८९ लाख ४० हजार रुपैयाँ रहेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको जगेडा कोष ५४.२४ प्रतिशत, सापटी ५४.२४ प्रतिशत र निक्षेप ४०.४५ प्रतिशत बढेको छ भने कर्जा ६२.७६ प्रतिशत, खुद ब्याज आम्दानी ६०.७३ प्रतिशत र सञ्चालन मुनाफा २२.१८ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब १ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ सापटी परिचालन गरी ३ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ९३ लाख ९५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

खराब कर्जा उल्लेख्य बढ्दा ३ करोड ६ लाख २४ हजार नोक्सानी व्यवस्था गरेकोमा २ करोड ६१ लाख २४ हजार रुपैयाँ राइटब्याक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात बढेर ३.०६ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ ३२८.९४ रुपैयाँ, कोषको लागत ८.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.३४ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७८, बिहिबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।