नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले चुक्त्ता पूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । हकप्रद निष्काशनका लागि बैंकले २०७८ असार ४ गते सेबोनमा निवेदन पेश गरेकोमा मंसिर ३ गते, शुक्रबार बोर्डबाट अनुमति पाएको हो । 

बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट एक बराबर एक अनुपातमा १३ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री गर्न अनुमति पाएको हो । बैंकले बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासनका लागि बैंकले यसअघि नै ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

हकप्रद बिक्रीको अनुमति पाएसँगै बैंकले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा १३ लाख १२ हजार ३३८ कित्ता शेयर बिक्री गर्नका लागि अब सार्वजनिक रुपमा नै सूचना जारी गरेर बुकक्लोज र हकप्रद निष्काशन मिति तोक्नेछ । बोर्डबाट अनुमति पाएको अधिकतम २ महिनाभित्र हकप्रद शेयर जारी गरिसक्नुपर्नेछ ।

बैंकको २०७७ माघ १६ गते, शुक्रबार सम्पन्न भएको १९ औं वार्षिक साधारण सभाले चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ १ः२ अनुपातमा २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

तर केन्द्रीय बैंकले जेठ २० गते, बिहीबार बैंकलाई पहिलो चरणमा १ः१ को अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको थियो । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यतामा रहेको बैंकले नेपाल राष्ट्रको स्वीकृति बमोजिम पहिलो चरणमा शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रकृया अगाडि बढाएको थियो ।

बैंकले यसअघि २०७७ माघ १३ गतेदेखि फागुन ३ गतेसम्म एक बराबर एक कित्ताको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ मंसिर २०७८, शुक्रबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।