नेपाल फाइनान्स (NFS) ले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्न फाइनान्सले कार्तिक १ गते नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
नेपाल फाइनान्स कम्पनीको भदौ २६ गते शनिबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
ललितपुर फाइनान्सलाई प्राप्ति छि नेपाल फाइनान्सको चुक्त पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ पुगेको छ । ७० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया