एनआईसी एशिया क्यापिटलले २ अर्बको अर्को म्युचुअल फण्ड ल्याउँदै

0
Shares

एनआईसी एशिया क्यापिटल लिमिटेडले २ अर्ब रुपैयाँको ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ नामक नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ ।

प्रतिइकाई दश रुपैयाँ अंकित दरमा क्यापिटलले २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई सर्वसाधारणमा बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन गरेको छ ।फण्ड सञ्चालनका लागि क्यापिटलले कार्तिक १४ गते बोर्डसँग अनुमति मागेको हो ।

फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ मंसिर २०७८, शनिबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।