नारायणी डेभलपमेन्ट बैंक (NABBC) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकले शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएसँगै शेयर खरीद माग उच्च भएको हो ।
आइतबार बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा आइतबार १० प्रतिशतले वृद्धि भएर ९५२.६० रुपैयाँ पुगेको छ ।
नेप्सेको मार्केट डेप्थमा बैंकको शेयरमा खरीद चाप उच्च रहेको छ भने बिक्री माग शून्य रहेको छ । बैंकको शेयर ९४ वटा खरीद माग मार्फत २५ हजार ४६ कित्ता रहेकोे छ ।
धितोपत्र बोर्डले बैंकलाई मंसिर ३ गते चुक्ता पूँजीको एक सय रुपैयाँ अंकित दरमा एक सय रुपैयाँ अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।
हकप्रद शेयर बिक्री गर्न बैंकले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
हाल बैंकको चुक्त पूँजी १३ करोड १२ लाख ३३ हजार रहेको छ । शतप्रतिशत हकप्रद शेयर जारीपछि बैंकको चक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया