साताको दोस्रो कारोबार दिन सोमबारको प्रि(ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा नेप्से १.४६ अंकले बढेको हो ।
नेप्से सूचक बढेर २७५८.९९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ११ मध्ये ७ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मात्र मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनमा ११ कम्पनीको ४ हजार १४ कित्ता शेयर १४ लाख ६ हजार ७६१ रुपैयाँमा खरीद बिक्री भएको छ । यसअघिका प्रि ओजन सेसनमा नै करोडभन्दा माथिको शेयर कारोबार हुने गरेकोमा पछिल्लो समय प्रि ओपनमा हुने कारोबार उल्लेख्य घटेको छ ।
सिभिल बैंक, मानुषी लघुवित्त, महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रोपावर, अरुण काबेली पावर, साञ्जेन जलविद्युत, र इन्फिनिटी लघुवित्तको मूल्य करिब २ प्रतिशतले बढेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया