एलआईसीका बीमितलाई अधिकतम ७० रुपैयाँसम्म बोनस

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/७७ बाट आफ्ना बीमितहरुलाई आधिकतम अधिकतम ७० रुपैयाँसम्म बोनस वितरण गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट कार्तिक ३० गते स्वीकृत भए अनुसार इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा ८ प्रकारका बीमा योजनाहरूका लागि प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले सोमबार कम्पनीबाट विसं २०७७ असार मसान्तसम्म जारी भएका बीमालेखमा बीमाङ्कीय मूल्याङ्कनको आधारमा मुनाफामा सरिक हुनेगरी जारी गरेका विभिन्न बीमालेखहरुका लागि बोनस दर सार्वजनिक गरेको छ । जसअनुसार जीवन बीमा, जीवन विद्या, जीवन साथी, बीमा योजना, जीवन आनन्द, बाल सवाधिक, धनवृष्टि, धन फिर्ता, बाल ममता र स्नेह, जीवन तंरग र जीवन बचत बीमा योजनामा प्रदान गरिने बोनसदर सार्वजनिक गरिएको छ ।

कम्पनीको सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५४ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् । जसमा पाँच देखि नौं वर्षका लागि जारी बीमालेखमा बीमितले ५४ रुपैयाँ, दश देखि चौध वर्षका लागि ५५ रुपैयाँ, पन्ध्र देखि उन्नाइस वर्षका लागि ५६ रुपैयाँ, बीस देखि चौबीस वर्षका लागि ६० रुपैयाँ र पच्चिस वर्षदेखि माथि ७० रुपैयाँ प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरिएको छ ।

यस्तै जीवन आनन्द बीमा योजनामा न्यूनतम ५५ रुपैयाँ देखि ७० रुपैयाँ बोनस निर्धारण गरिएको छ । यस योजना अन्तर्गत पाँच देखि नौं वर्षका लागि जारी बीमालेखमा ५५ रुपैयाँ, दश देखि चौध वर्षका लागि ५५ रुपैयाँ, पन्ध्र देखि उन्नाइस वर्षका लागि ५८ रुपैयाँ, बीस देखि चौबीस वर्षका लागि ६२ रुपैयाँ र पच्चिस वर्षदेखि माथि ७० रुपैयाँ प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरिएको छ ।

यसैगरी बाल सवाधिक बीमा योजनामा बीमा गरेकाले अवधि अनुसार न्यूनतम ५५ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् । जसअन्तर्गत पन्ध्र देखि उन्नाइस वर्षका लागि ५५ रुपैयाँ, बीस देखि चौबीस वर्षका लागि ६० रुपैयाँ, पच्चिस वर्षदेखि उनन्तिस वर्षका लागि २९ रुपैयाँ र तीस वर्षमाथि ७० रुपैयाँ प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरिएको छ ।

धनवृष्टि बीमा योजनामा अन्तर्गत दश र पन्ध्र वर्ष अवधिको बीमालेखमा ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै धन फिर्ता बीमा योजनामा जारी बीमालेखमा समय अनुसार न्यूनतम ५६ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस पाउनेछन् । जसअन्तर्गत पन्ध्र वर्षका लागि ५६ रुपैयाँ, बीस वर्षका लागि ५७ रुपैयाँ, पच्चिस वर्षका लागि ६० रुपैयाँ प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरिएको छ ।

यसैगरी बाल ममता र बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँ देखि ६० रुपैयाँ बोनस पाउनेछन् । जसमा पन्ध्र वर्षसम्मको बीमालेखमा ५५ रुपैयाँ, सोह्र देखि बीस वर्षका लागि ५७ रुपैयाँ, एक्काइस वर्ष माथिका लागि ६० रुपैयाँ प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरिएको छ ।

यस्तै जीवन तंरग बीमा योजनामा न्यूनतम ५६ रुपैयाँ देखि ६७ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । जसअन्तर्गत दश वर्षसम्मका लागि ५६ रुपैयाँ, पन्ध्र वर्षका लागि ५८ रुपैयाँ, र बीस वर्षका लागि जारी बीमालेखमा ६८ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरेको छ ।

र अन्त्यमा जीवन बचत बीमा योजनामा अन्तर्गतका बीमालेखमा ४५ रुपैयाँ देखि ६६ रुपैयाँसम्म बोनस शेयर पाउनेछन् । जसमा पाँच देखि नौं वर्षका लागि जारी बीमालेखमा बीमितले ४५ रुपैयाँ, दश देखि चौध वर्षका लागि ४८ रुपैयाँ, पन्ध्र देखि उन्नाइस वर्षका लागि ५३ रुपैयाँ, बीस देखि चौबीस वर्षका लागि ५७ रुपैयाँ र पच्चिस वर्षदेखि माथि ६६ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकममा बोनस दर निर्धारण गरिएको छ ।

उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।