साढे १ लाख सहित १६ जना जुवाडे प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले १ लाख ६९ हजार ८१५ रुपैयाँ नगद सहित १६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले छुट्टा छुट्टै स्थानबाट उक्त रकम सहित जुवाडेको समुहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरकिा अनुसार नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका-११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

अरुण खोलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको दमक नगरपालिका–२ बाट पनि ६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोही नगरपालिका बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार  १८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।