.png)
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी सुन ९३ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा काारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया