एनआइबिएल सहभागिता फण्डका इकाई खरिदको भुक्तानी इसेवाबाट पनि गर्न सकिने

0
Shares

इसेवाबाट पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सकिने भएको छ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी मङ्सिर ०६ गतेदेखि यस्तो व्यवस्था मिलाईएको जनाएको छ ।

यस अघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कनेक्स आइपिएस, खल्ती, र नेपाल इन्भेष्टमेन्ट बैंकको इ-बैंकिङ्गबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।