साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ३१ करोड २८ लाख ८२ हजार ७३५ रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको छ ।
संस्थाको मंसिर ८ गते, बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्त सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार ९८० रुपैयाँ रहेको छ । प्रस्तावित ३१ करोड २८ लाख ८२ हजार ५७४५ रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२५ रुपैयाँ पुग्नेछ ।
लघुवित्त कम्पनीले गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको सरह हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लघुवित्तले २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्ताे छ विगतकाे लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2077/2078 | 25.00 | 1.32 | 26.32 |
| 2 | 2076/2077 | 25.00 | 1.32 | 26.32 |
| 3 | 2075/2076 | 27.25 | 1.43 | 28.68 |
| 4 | 2074/2075 | 25.00 | 1.31 | 26.31 |
| 5 | 2073/2074 | 25.00 | 1.32 | 26.32 |
| 6 | 2072/2073 | 25.00 | 1.31 | 26.31 |
| 7 | 2071/2072 | 25.00 | 1.31 | 26.31 |
| 8 | 2070/2071 | 0.00 | 15.78 | 15.78 |
| 9 | 2069/2070 | 15.00 | 11.31 | 26.31 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया