अमेरिकी माइक्रोब्लगिङ्ग तथा सोसल नेटवर्किङ साइट ट्वीटरकाे नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भारतीय मूलका पाराग अग्रवाल नियुक्त भएका छन् ।
सह-संस्थापक समेत रहेका ज्याक डोर्सीले राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा अग्रवाललाई नियुक्त गरिएको हो ।
करिब १६ वर्षसम्म कम्पनीको सहसंस्थापक, सीईओ, अध्यक्ष, कार्यकारी अध्यक्ष, कार्यकारी सीईओ लगायतका भूमिका निर्वाह गरिसकेका डोर्सीले ब्रेट टेलर कम्पनीको अध्यक्ष बन्नका लागि पनि आफूले ट्विटरको सीईओबाट राजीनामा दिएको बताएका छन् ।
नवनियुक्त सीईओ अग्रवाल यसअघि पनि ट्वीटरमै प्रमुख प्रविधि अधिकृतको रुपमा कार्यरत रहेका थिए । ट्विटरमा आबद्ध हुनुअघि उनी माइक्रोसफ्ट, याहू र एटी एन्ड टी जस्ता कम्पनीमा पनि काम गरिसकेका थिए । स्ट्यानफोर्ड विश्वविद्यालयबाट कम्प्यूटर साइन्समा विद्याबारिधि गरेका अग्रवालले सन् २०११ मा सफ्टवेयर इन्जिनियरको रुपमा ट्वीटरमा आबद्ध भएका थिए । आईआईटी बम्बईका ग्रयाजुएट अग्रवाल सन् २०१७ मा उनी तत्कालीन प्रमुख प्रविधि अधिकृत बनेका थिए । प्रविधि प्रमुख एडम मेसिङ्गरले राजीनामा दिएपछि उनले एडमको ठाउँमा प्रवेश गरी प्रमुख प्रविधि अधिकृतको भूमिका निर्वाह गर्दै आइरहेका थिए ।
प्रमुख प्रविधि अधिकृत भएर काम गर्दा अग्रवाललले ब्लू स्काई नामक प्रोजेक्ट गरिरहेका थिए । त्यसका साथै उनले उपभोक्ता, विज्ञान तथा राजस्व क्षेत्रमा कृतिम बुद्धिमता (ए.आइ) र मेसिन लरनिङको प्रयोग सम्बन्धी अध्ययन तथा सुपरिवेक्षण गर्ने गदर्थे ।
सन् २०२१ सम्म आइपुग्दा सीईओ अग्रवालको वार्षिक नेटवर्थ १.५२ अमेरिकी डलर अर्थात् (१८ करोड नेपाली रुपैयाँ) बराबर रहेको छ । उनको वार्षिक तलब १ मिलयन अमेरिकी डलर (१२ करोड नेपाली रुपैयाँ) रहेको छ । यस अधामा हेर्दा उनले ट्वीटरबाट मासिक १ करोड नेपाली रुपैयाँ तलव वापत मात्र बुझ्ने गरेका छन् ।
यसका अतिरिक्त ट्वीटरले उनलाई १६ त्रैमासिकमा १२.५ मिलियन अमेरिकी डलर अर्थात करिब १ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको ट्वीटरको रेस्ट्रिकटेट स्टक युनिट (आरएसयू) शेयर दिएको छ ।
सन् २०२१ नोभेम्बर २९ सम्म आइपुग्दा ट्वीटरको कुल नेटवर्थ ३७.६४ मिलियन अमेरिकी डलर अर्थात ४५ खर्ब १५ अर्ब नेपाली रुपैयाँ बराबरको रहेको छ ।






प्रतिक्रिया