श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी (SIFC) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
फाइनान्स सञ्चालक समितिको बैंकको मंसिर १४ गते, मंगलबार सम्पन्न ३१० औं बैठकले चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमध्ये ७.७० प्रतिशतका दरले हुन आउने ६ करोड ८५ लाख ४० हजार १२० रुपैयाँ बराबरको बोनस शेयर तथा ३.३० प्रतिशतका दरले २ करोड ९३ लाख ९४ हजार ७१६ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।
फाइनान्स सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी २७
औं वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ८९ करोड १ लाख ३४ हजार ८८० रुपैयाँ रहेको छ । प्रस्तावित ६ करोड ८५ लाख ४० हजार १२० रुपैयाँ बराबरको बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ९५ करोड ८६ लाख ७५ हजार १४५ रुपैयाँ पुग्नेछ ।
फाइनान्सले अघिल्लो आथिक वर्ष ७. ३७ प्रतिशत बोनस शेयर तथा ३.१६ प्रतिशतका दरले नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तो छ विगतको लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2077/2078 | 7.70 | 3.30 | 11.00 |
| 2 | 2076/2077 | 7.37 | 3.16 | 10.53 |
| 3 | 2075/2076 | 2.35 | 10.65 | 13.00 |
| 4 | 2074/2075 | 1.23 | 8.77 | 10.00 |
| 5 | 2073/2074 | 26.57 | 0.00 | 26.57 |
| 6 | 2072/2073 | 10.50 | 0.55 | 11.05 |
| 7 | 2071/2072 | 11.61 | 0.61 | 12.22 |
| 8 | 2070/2071 | 12.00 | 0.63 | 12.63 |
| 9 | 2069/2070 | 10.00 | 10.40 | 20.40 |
| 10 | 2068/2069 | 0.00 | 15.79 | 15.79 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया