लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा वितरण गरेजति नै लाभांश वितरण गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको बैंकको मंसिर १४ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको २५० औं बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद गरी कुल ११.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकका कम्पनी सचिव पियुषराज अर्यालले जानकारी दिए ।
बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ९ प्रतिशत बोनस शेयर र २.५० प्रतिशत बोनस वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा १ प्रतिशत बोनस घटाएर नगद बढाई गत आवबाट लाभांश वितरणको प्रस्ताव गरिएको छ ।
प्रस्तावित लाभांश अनुुसार बैंकले ८५ करोड ५६ लाख ५५ हजार १८९ रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड ७४ लाख ३४ हजार ९१४ रुपैयाँ बराबरको नगद गरी कुल करोड लाख हजार रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख ८९ हजार ८६२ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार ५१ रुपैयाँ पुग्नेछ ।
यस्तो छ विगतको लाभांश इतिहासः
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2077/2078 | 8.00 | 3.50 | 11.50 |
| 2 | 2076/2077 | 9.00 | 2.50 | 11.50 |
| 3 | 2075/2076 | 10.00 | 5.00 | 15.00 |
| 4 | 2074/2075 | 8.50 | 0.45 | 8.95 |
| 5 | 2073/2074 | 10.00 | 0.53 | 10.53 |
| 6 | 2072/2073 | 18.29 | 0.00 | 18.29 |
| 7 | 2070/2071 | 20.00 | 1.05 | 21.05 |
| 8 | 2069/2070 | 15.00 | 0.00 | 15.00 |
| 9 | 2068/2069 | 0.00 | 10.00 | 10.00 |
| 10 | 2067/2068 | 5.00 | 10.79 | 15.79 |
साथै बैंककाे मंगलबारकाे बैठकले पुस ८ गते २१ औं वार्षिक साधारण सभा समेत बोलाएको छ । अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सभा बस्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २४ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार मंसिर २३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम हुने लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया