महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को शेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तले मंसिर २२ गते डाकेको चौथो वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मंसिर १६ गते, बिहीबार गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कम्पनीको बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।
नेप्सेले लघुवित्तको ४७.५० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता ३ हजार ६५८.९८ रुपैयाँ मुल्य तोकेको छ । अघिल्लो कारोबार दिन बुधबारको अन्तिम मूल्यका आधारमा नेप्सेले बोनस समायोजन गरी लघुवित्तको शेयरमूल्य निर्धारण गरेको हो । बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ५ हजार ३९७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
लघुवित्तले मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट, धुलिखेल काभ्रेमा बिहान १०ः३० बजे चौथो वार्षिक साधारण सभा डाकेको छ । सभाले ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
यस्तै महिला लघुवित्त र अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा छ ।
त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमाथि छलफल, प्रबन्धपत्र तथा नियमावली संशोधन र लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया