नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा उपलब्ध गराउने

0
Shares

नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ ।

बैंक र संस्थानबीच बुधबार उक्त सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार बैंकले बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ ब्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गरे । सम्झौतापछि बोल्दै उनले सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।