एनसीसी बैंकको ९१ हजार ७७६ कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ९१ हजार ७७६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४० हजार ७७६ र सुफल शर्माको नाममा रहेको १०० कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको बैंकले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त शेयर खरीद गर्न इच्छुक बैंकका विद्यमान संस्थापकहरुले बिहीबारदेखि ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर शाखामा लिखित निवेदन दिन सक्नेछन् । शेयरको मूल्य तोकिएको छैन । यसअनुसार प्रतिकित्ता १०० रुपैयाँदेखि बढाबढ मूल्यमा शेयर खरीदका लागि निवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट शेयर खरीद गर्न निवेदन नरेमा अन्य सर्वसाधारण व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार  १३ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।