नारायणी डेभलपमेन्टको १७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले १७ हजार ४८६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको सूचना बिहीबार जारी गरेपनि प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

लिलामीमा ल्याइएको संस्थापक शेयर खरीद गर्न इच्छुक बैंकका विद्यमान संस्थापकहरुले बिहीबारदेखि ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा निवेदन पेश गर्नसक्ने बैंकले जनाएको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार  १३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।