गणपति लघुवित्तले आह्वान गर्यो साधारण सभा, लाभांशको बुकक्लोज कहिले ?

0
Shares

गणपति लघुवित्त वित्तीय संस्थाले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको मंसिर २० गते सोमबार सम्पन्न सञ्चालक समितिको ८८ औं बैठकले सो निर्णय गरेको हो ।

बैठकले पुस १७ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी न.पा. ४, दुलेगैडा तनहुँमा पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

उक्त सभामा चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने २ करोड ४१ लाख ९७ हजार ७८२ दशमलव ५० रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ प्रतिशत १२ लाख ७३ हजार ५६७.५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा छ ।

यस्तै संस्थाले लघुवित्त र एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ती हुन जाने प्रयोजनका लागि उपयुक्त संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायतका मर्जर तथा प्राप्ती कार्यका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यस्तै चालु आवका लागि लेखापरिक्षकको नियुक्ती गरी पारीश्रमीक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस ७ गते शेयर दोखिला खारेजी बन्द गर्ने भएको छ । तसर्थ पुस ६ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेन्ज (नप्से) मा सेयर कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले मात्र सभामा उपस्थिति जनाउन र लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।