स्वावलम्बन लघुवित्तले बोलायो २० औं साधारण सभाः २५% लाभांश पारित गर्दै

0
Shares

स्वावलम्बन लघुवित्त (SWBBL) ले पुस १५ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा लघुवित्तको अधिकृत पूँजी १ अर्बबाट बढाएर १ अर्ब १५ करोड र्पुयाउने, स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र चुक्ता पूँजी ९४ करोड ३० लाखबाट वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार पुुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने प्रस्ताव पनि पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ६ गते मंगलबारदेखि सभाको मितिसम्म बुकक्लोज गर्ने जनाएको छ ।

बुकक्लोज अनुसार पुस ५ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।