
महिला लघुवित्त वित्तीय संस्थाको बुधबार सम्पन्न चौथो वार्षिक साधारण सभाले ५० प्रतिशत लाभांश अनुमोदन गरेको छ ।
काभ्रेको धुलिखेलमा सम्पन्न सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरे अनुरुप आव २०७७।७८ को मुनाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै सभाले कम्पनी अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्नेर गाभिने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
सभाबाट गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने चालु आव २०७८।७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ ।
बोनस शेयर वितरणपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी १४ करोड ७५ लाख पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया