घलेम्दी हाइड्रो लिमिटेडको सेयरधनीले लाभांश नपाउने भएका छन् ।
कम्पनीले पुस १६ गते बिना लाभांश सभा सासा बैंक्वेट, नयाँबजार, काठमाडौंमा बिहान ११ बजे आठौं साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली वमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया