चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार २३२ रुपैयाँ छ । जस अनुसार कम्पनीले ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँ नगद तथा त्यति नै बराबरको बोनस सेयर वितरण गर्नेछ ।
कम्पनीले अघिल्लो वर्ष १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ देखि पुस २३ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया