मिथिला लघुवित्तले ३ करोड ५८ लाख लाभांश वितरण गर्ने

0
Shares

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई ३ करोड ५८ लाख ८१ हजार ५११ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको मंसिर २४ गते शुक्रबार सम्पन्न २१६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्ताव अनुसार लघुवित्तले ३ करोड ४० लाख ८७ हजार ४३५ रुपैयाँ बोनस सेयर र १७ लाख ९४ हजार ७५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्ताव उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

हाल १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित ३ करोड ४० लाख ८७ हजार ४३५ रुपैयाँ बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी १७ करोड ४ लाख ३७ हजार १७८ रुपैयाँ ७५ पैसा पुग्नेछ ।

यस्ताे छ लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
2 2076/2077 12.00 0.63 12.63
3 2075/2076 15.00 0.78 15.78
4 2074/2075 10.45 0.54 10.99
5 2073/2074 15.00 0.78 15.78
6 2072/2073 12.66 0.66 13.32
7 2071/2072 20.00 0.00 20.00
8 2070/2071 20.00 1.05 21.05

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।