साना किसान विकास लघुवित्तको साधारण सभा पुस १८ गते

0
Shares

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले आगामी पुस १८ गते २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे २० औँ वार्षिक साधारण सभा बोलाइएको छ । सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित अन्य एजेण्डाहरु समावेश गरी सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई वितरण गर्ने प्रस्ताव बमोजिम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बोनस वितरणपश्चात चुक्ता पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सभाको अन्य प्रस्तावहरुमा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८।७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुस ४ गते आइतबारसम्म कायम लघुवित्तका सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।