
नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चन्द्र टण्डन चयन भएका छन ।
शुक्रबार काठमाडौंमा सम्पन्न संघको सम्पन्न १६ औं वार्षिक साधारण सभाले चन्द्र टण्डन नयाँ नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन भएका छन ।
यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल (जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक ए टि टि रेमिट प्रा.लि.), चयन हुनुभएको छ । संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक लि. ) र रामेश्वर सापकोटा प्रभू मनिट्रान्सफर प्रा.लि. ) मनोनित भएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन लागी पर्ने प्रतिबद्धता पनि जनाए ।
नेपाल मुद्रा विप्रेषक संघले संघको १६औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अ्रध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।
संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक बर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिट्यान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता ब्यक्त गरे ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया