जनता क्यापिटलको आठ प्रतिशत लाभांस पारित

0
Shares

जनता क्यापिटलले गत आर्थिक बर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांस पारित गरेको छ ।

कम्पनीको बिहीबार सम्पन्न प्रथम साधारणसभाले लगानीकर्तालाई चुक्ता पूँजीको आठ प्रतिशत नगद लाभांस गरेको हो ।

यस्तै साधारण सभाले सभाले आब २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आब २०७५/७६ को वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै आब २०७६र७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।