बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
कम्पनीले पुस २६ गते सोमबार आफ्नो रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
साधारण सभा प्रयोजनार्थ पुस ११ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया