प्राविधिक शिक्षा प्रणाली सुधार्न कोरियाले १ अर्ब बढी सहयोग गर्ने

0
Shares

दक्षिण कोरीयाले नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षा प्रणालीको विकास गर्न १ अर्ब बढी रकम सहयोग गर्ने भएको छ ।

कोइका मार्फत कोरियाली सरकारले “प्रदेश २, मा पोलिटेक्निक इन्स्टिच्युट स्थापना” का लागि ७ वर्ष सम्म ८.६ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब नेपाली रुपैयाँ खर्च गर्ने भएको हो ।

उक्त सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत एच.ई.पार्क चोङ–सुकले डिसेम्बर १५, २०२१ मा अर्थ मन्त्रालय, सिंहदरबारमा हस्ताक्षर गरेका छन्।

यो परियोजना कोइका र सीटीइभिटीले महोत्तरी जिल्लाको बर्दिवासमा रहेको नमुना पोलिटेक्निक इन्स्टिच्युटमा कार्यान्वयन गर्नेछ । राष्ट्र निर्माण पूर्वाधार गतिविधिहरूमा दक्ष जनशक्ति उपलब्ध गराउन यस नमूना संस्थानले निर्माण क्षेत्रमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम(टीइभीटी) सञ्चालन गर्ने प्राविधिक हबको रूपमा काम गर्ने विश्वास गरिएको छ।

दक्षिण कोरियाले सन्. १९९१ देखि स्वास्थ्य, टिभिईटी, सूचना प्रविधि र ग्रामीण विकासका विभिन्न क्षेत्रमा कोइका मार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७८, बुधबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।