रसुवागढी हाइड्रोले आह्वान गर्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

0
Shares

रसुवागढी हाइड्रोपावरले कम्पनी लिमिटेडले नवौ साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १ गते बिहान बसेको संचालक समितिको २५३ औँ बैठकको निर्णयले पुस २६ गते सोमबारका लागि सभा आह्वान गरेको हो ।

सभा कम्पनीको सभाहल, महाराजगंज काठमाण्डौमा हुनेछ। कोरोना भाइरसको नयाँ रुप अर्थात ओमिक्रोन भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भएकाले सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि संचालन गरिने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरिक्षकको नियुक्ती गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ साल अषाढ मसान्तको वासलात र २०८८/०७८ को आर्थिक विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने र कम्पनीको चुक्ता पुँजी र संचित मुनाफ(फ्री रिर्जभ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन थप ऋण लिन स्वीकृती प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरिने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १ पुस २०७८, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।