पोखरा फाइनान्सको लाभांश बढ्यो

0
Shares

पोखरा फाइनान्स लिमिटेड (PFL) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई अघिल्लो आवको तुलनामा बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको पुस १ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २५ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट बैंकले प्रतिशत ५ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश ३.२४ प्रतिशत बढी हो ।

यस्तो छ विगतको लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 5.00 0.26 5.26
2 2075/2076 7.00 7.20 14.20
3 2074/2075 5.00 8.68 13.68
4 2073/2074 8.26 0.44 8.70
5 2072/2073 13.50 0.71 14.21
6 2071/2072 48.50 2.55 51.05
7 2070/2071 6.00 10.00 16.00
8 2067/2068 0.00 10.00 10.00

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।