नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आवद्ध भएका छन । पछिल्लो क्रममा एक विकास बैंक र ६ वित्त कम्पनीहरु लाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध भएका हुन ।
.jpg)
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।
सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्डफाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभफाइनान्स तथा रिलायन्स फाइनान्स हालै उत्त प्रणालीमा थपिएका छन्। यस अघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा यो प्रणाली सञ्चालनमा आइसकेका छन् ।
आरटीजीएस प्रणालीमा रहेका बैंक /वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएस मार्फत सो प्रणालीमा जोडिएका हुन् ।
आरटीजीएस प्रणाली मार्फत् २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएसप्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया