तीन कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

0
Shares

पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र छ्याङ्दी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ ।

बोर्डले समृद्धि फाइनान्सलाई मंसिर २९ गते चुक्ता पूँजीको ५० प्रतिशत तथा पुस १ गते बिहीबार छ्याङ्दी हाइड्रोपावरलाई चुक्ता पूँजीको ३० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकलाई चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो ।

यससँगै अब समृद्धि फाइनान्सले चुक्ता पूँजीको २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता, छ्याङ्दी हाइड्रोपावरले १०ः३ अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता र कर्पोरेट डेभलपमेन्ट बैंकले ३० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउनेछ ।

समृद्धि फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल, छ्याङ्दी हाइड्रोपावरको ग्लोबल आईएमई क्यापिटल र कर्पोरेट डेभलपमेन्ट बैंकको सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार  १४ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।