एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश प्रस्ताव

0
Shares

एनआरएन इन्फा्रस्ट्रक्चर एण्ड डेलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकताएमा वितरण हुनेछ ।

गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा २.२६ प्रतिशत धेरै हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट २.८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पुस २९ गते साधारण सभा आह्वान

यस्तै कम्पनीको पुस २ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले पुस २९ गते कम्पनीको ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस १५ गते बिहीबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १४ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७८, आइतबार  १३ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।