नेशनल लाईफको ‘चियरपर्सन क्लब सदस्य सम्मान’ सम्पन्न , अभिकर्तालाई थप लगानी गर्ने घोषणा

0
Shares

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ ।

कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८” प्रदान गरीन ।

उक्त कार्यक्रममा देशभरबाट आ. व. २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए । यसै गरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीले अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशै भरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरिन । उनले कम्पनीको हालसम्मको समग्र वित्तिय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यवसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रही रहने बताइन ।

कार्यक्रममा कम्पनी अध्यक्ष् प्रेमा सिंहले एक नँया बीमालेख जीवन श्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दै सो नँया बीमा योजनावाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्ती पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलबध हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।