एक महिनामा साढे ५ लाख किलो माछा आयात, भारतबाट मात्रै ७३.२४ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको पाँचौ महिना अर्थात मंसिरमा कालिमाटी फलफूल तथा तरकारी बजारमा साढे ५ लाख किलो भन्दा बढी माछा आयात भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गरेको तथ्यांक अनुसार एक महिना अवधिमा तरकारी बजारमा ५ लाख ५१ हजार १०१ केजी माछा आयात भएको हो । जुन अघिल्लो महिना अर्थात कार्तिकको तुलनामा ८४ हजार ५९ केजीले बढी हो । गत महिना तरकारी बजारमा ४ लाख ६७ हजार ४२ केजी माछा आयात भएको थियो ।

समितिका अनुसार मंसिरमा आयात भएको माछा मध्ये सबैभन्दा बढी माछा भारतबाट आयात भएको हो ।

उक्त महिनामा भारतबाट मात्र ७३.२४ प्रतिशत अर्थात ४ लाख ३ हजार ६३८ केजी माछा आयात भएको छ । जस अवधिमा नेपालका विभिन्न जिल्लाहरुबाट २५.७५ प्रतिशत अर्थात १ लाख ४७ हजार ४६३ केजी माछा आयात भएको हो ।

यस महिनामा तरकारी बजारमा नेपालका ९ वटा जिल्लाहरुबाट माछा आयात भएको छ । जसमा सर्लाही, रौतहट, बारा, पर्सा, मोरङ, महोत्तरी, काभ्रे, काठमाण्डौ, धनुषा, चितवन र बारा रहेको छ । यस महिना सबैभन्दा बढी माछा पर्सा जिल्लाबाट आयात भएको समितिका उप निर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन् । पर्साबाट मात्र यस महिनामा ६४ हजार ६ केजी माछा आयात भएको हो ।

त्यसैगरी बारा जिल्लाबाट २६ हजार १७० केजी, मोरङबाट १४ हजार ६५२ केजी, काठमाण्डौंबाट १० हजार ४३० केजी, सर्लाहीबाट ९ हजार १६५ केजी, रौतहटबाट ६ हजार ८१२ केजी, चितवनबाट ४ हजार १३८ केजी, कोभ्रेबाट २ हजार ५०० केजी तथा धनुषाबाट १ हजार ५०० केजी माछा आयात भएको हो ।

व्यवसायिक रुपमा राम्रै आम्दानी हुने भएपछि नेपालमा विशेष तराइका जिल्लाहरमा माछा पालन फष्टाइ रहेको छ । अन्य व्यवसाय भन्दा बढी मुनाफा हुने र जीवनस्तर उकास्न सहज भएकाले पनि माछा पालनमा लगाव बढेको कृषकहरु बताउँछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।